Incident Reports

Three held over ‘gangrape’ of girl in menstruation shed

2018-07-04

Karnali, Surkhet, Barahtal

A 15-year-old girl of Barahatal Rural Municipality in western Surkhet who was banished to chhaugoth (menstruation shed) during her periods was allegedly gang-raped on Monday. According to police, she was raped by three individuals. The suspects have been identified as Chetan Giri, 15; Janak Sharma, 18; and Padam Giri, 14. The victim was raped at midnight on Monday, police said. All three have been arrested while the victim is being treated at a local hospital. According to the police inspector at the District Police Office, Uma Prasad Chaturbedi, two girls were in the menstruation shed, but one managed to escape after the three men attacked them at midnight. He further informed that the culprits have been arrested and investigation is underway. The victim’s family members learnt about the incident only on Tuesday morning as the shed is away from her house. The girl who was sleeping with the victim and managed to escape said she learnt about the rape of her friend only in the morning. “We immediately deployed the police team for investigation as soon as the family members filed a complaint,” said Sushobhan Shrestha, police inspector at the Area Police Office, Babiyachaur. “We were successful in arresting all the three from their hiding place,” said Shrestha. Police said the three have been presented to the district court Wednesday and are being investigated in judicial custody. Although the government has criminalized the banishing of menstruating women to chhau sheds, the practice is still prevalent in mid-western and far-western Nepal. छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो । ‘प्रारम्भिक अनुसन्धानका क्रममा सँगै सुतिरहेका मध्ये एउटा किशोरीलाई भगाएर अर्कीलाई छाउगोठभित्रै सामूहिक बलात्कार गरेको पाइएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘बलात्कारमा संलग्न तीनैजनालाई मंगलबार पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान जारी छ ।’ बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन्। प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको हो । पीडितसँगै सुतकी किशोरीले राति १२ बजेतिर आफूलाई छाउगोठबाट निकालिएको बताइन् । ‘तीनजनामध्ये पदम गिरीले मलाई छाउगोठबाट बाहिर निकाल्यो, म डराएर खेतमा गएँ’, प्रहरीसमक्ष दिएको बयानमा ती किशोरीले भनेकी छन्, ‘सँगैकी साथीलाई बलात्कार गरेछन्, बिहानमात्रै थाहा पाएँ ।’ प्रहरीका अनुसार घरदेखि टाढाको ठाउँ भएकाले आफन्तले मंगलबार बिहानमात्रै घटनाका बारेमा जानकारी पाएका थिए । ‘आफन्तले घटनाबारे जानकारी दिनेबित्तिकै हामीले टोली खटाएका थियौं’, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले भने, ‘गाउँमै लुकेर बसेका तीनैजनालाई पक्राउ गर्न सफल भयौं ।’ प्रहरीले बुधबार जिल्ला अदालतबाट म्याद थप गराएर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।सुर्खेतको पश्चिमी क्षेत्रमा महिनाबारी हुँदा घरदेखि टाढाको खरले छाएको सानो छाप्रोमा पाँच दिनसम्म बस्नुपर्छ । झ्यालढोका नहुने भएकाले महिलाका लागि छाउगोठ अत्यन्तै असुरक्षित मानिन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments