Farmers in Suddodhan rural municipality of Kapilbastu have been agitated against blatant misappropriation by local representatives of ward 1 of the rural municipality during distribution of agricultural aid. They have accused the local representatives of distributing the agricultural aid receivable under 'Prime Minister Agriculture Programme' to relatives instead of actual beneficiaries. Holding a press release on Thursday the farmers made public their grievances.
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका किसानहरु आन्दोलित भएका छन् । गाउँपालिकाको वडानम्बर १ का पदाधिकारीहरुले कृषि सामग्री वितरणमा मनोमानी गरेको भन्दै विरोध कृषकहरुले जनाएका हुन ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत साना ब्यवसाय कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम अन्तर्गत शुुद्धोधन गाउँपालिका कृषि विकास शाखाको ८५ प्रतिशत अनुदान तथा बेलवा प्रगति तरकारी ब्लक वितरण केेन्द्रको १५ प्रतिशतको आर्थिक सहयोगमा बुधबार कृषि सामग्री वितरण गरिएको थियो ।
बुधबार वितरीत कृषि सामग्रीहरु खास किसानहरुले नपाएको र पदाधिकारीले नातावाद, कृपावादका आधारमा,दोहोर्याएर बाँडेको स्थानीय किसानको आरोप छ ।
असन्तुष्ट किसानहरुले आफूहरुले सामग्री नपाएको भन्दै शुद्धोधन-१ मा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विरोध जनाएका हुन ।
गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीको रोहबरमा उपभोक्ता समितिले वितरण गरेकेा कृषि सामग्री पाउन नसकेकोमा सोही स्थानमा किसान कृष्ण नाउले दुख ब्यक्त गरे ।
समितिले सबै सामानहरु किसानलाई बाँडिएको बताएपनि सोही स्थानकै एक घरमा राखिएको स्थानीय शुम्भु चौहानले बताए ।
२८ कठ्ठा जमिनमा तरकारी उत्पादन गर्दै आएका रामभरोस मल्लले नाता गोता हेरेर राहात वितण गरेकोमा आपत्ती जनाए ।
यता सबै किसानहरुलाई सामग्री वितरण गर्न नसक्दा सबैको रोहबरमा ती सामग्रीहरु राखिएको उपभोक्ता समितिका सचिब अयोध्याप्रसाद मल्लाहलको भनाइ छ । ३१ लाख ६८ हजार बराबरको कृषि सामाग्री वितरण गरिएको थियो ।
कृषि सामाग्री अन्तर्गत किसानहरुलाई १६ लाख ४० हजार बराबरको ४१ वटा पम्पेसेट, ५ लाख ४० हजारको १९ वटा बोरिङ जडान, २ लाख १० हजार बराबरको ३१ वटा पावर स्प्रीयार टङ्याकी, १ लाख ४० हजारको डिजिटल काँटा, ५२ हजार बराबरको २० क्विन्टल प्राङगारिक मल वितरण गरिएको ब्लक वितरण केन्द्रका सदस्य राकेश मल्लाहले जानकारी दिए ।