Incident Reports

पशुपतिमा भ्रष्टाचारले सिमा नाघ्दैगएपछि बिद्यार्थी आन्दोलनमा उत्रिए

2018-06-08

Madhes, Siraha, Lahan

लहान नगरपालिका-७ स्थित पशुपति माविमा भ्रष्टाचारले सिमा नाघ्दै र शैक्षिक गतिविधिमा ह्रास आएपछि शिक्षक बिद्यार्थी समेत आन्दोलनमा उत्रेपछि अनियमितता सतहमा देखिएको छ। १४ बुंदे मागसहित शिक्षकहरु आन्दोलनमा जेष्ठ २५ गतेदेखि २९ गतेसम्म उत्रेपछि त्यस बिद्यालयका बिध्यार्थिहरुले सघाउदै नारा जुलुस गर्दै नगरप्रमुख मुनि साह र ७ नम्बर वडाअध्यक्ष राकेश रोशन गुप्ताको घरसम्म पुगेर बिद्यालयको समस्या समाधानको लागि दबाब दिएको थियो। लहान नगरप्रमुख साह र वडाध्यक्ष गुप्ता शिक्षकहरु संगको छलफलमा प्रधानाध्यापक परमेश्वर रायको उपस्थितिमा भएको छलफलमा शिक्षकहरुको १४ माग सुनेपछि प्रधानाध्यापक रायलाई पद त्यागेर समस्या समाधानका लागि निर्देशन सहितको सुझाव दिनुभएको थियो। शिक्षकहरुले ४ लाख ५० हजार तलब बापतको रकम तिर्नुपर्ने, बर्षौंदेखिको छात्रवृत्ति रकम वितरण नगरेकोले वितरण हुनुपर्ने, बिद्यार्थीहरुको पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, कम्प्युटर अभ्यासका लागि प्रयोगशाला र बिज्ञान प्रयोगशाला व्यवस्थित हुनुपर्ने आदि जस्ता माग हरु राखेका थिए। बिद्यालयका पूर्व प्रधानाध्यापक विश्वनाथ महतोले भन्नुभयो, राय प्रधानाध्यापक भएपछि बिद्यालय अस्तव्यस्त भएकै हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments