Incident Reports

जिउँदै ‘जलाइएकी’ युवतीको मृत्यु

2018-06-23

Lumbini, Rupandehi, Kanchan, Ward 5

गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि आगो लागेको थियो । अनुहारभन्दा तल कम्मरभन्दा माथि जलिरहेको समयमा चिच्याउँदै धारामा पानी खन्याउन पुगेकी उनी सख्त घाइते भएकी थिइन् । उनको स्तनसहित पेट, छाती र पाखुरा जलेका थिए । अर्धचेत अवस्थामा रहेकी उनलाई छिमेकीको सहयोगमा लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको थियो । अस्पतलले उपचार गर्न नसकिने भन्दै पाल्पा मिसनमा रिफर ग¥यो । मिसनले दुई दिनपछि काठमाडौं रिफर गरेएकी समीक्षाको कीर्तिपुर अस्पतालमा २० गते मृत्यु भएको थियो । परिवारका अन्य सदस्यले कोठामा आगो लागेर उनी जलेको बताउँदै आएका छन् । तर घाइते समीक्षाले सानीआमासँग हजुरआमाले मट्टितेल खन्याएको बताइएको दाबी गरिएको छ । घटनाको प्रकृतिले समेत आगो लगाइएको संकेत गरेको प्रहरीको भनाइ छ । समीक्षाका बाबुले सौतनी आमा भिœयाएपछि उनी मावलीघर बस्दै आएकी थिइन् । झण्डै १५ वर्षपछि गत तिहारदेखि घर बस्न थालेकी उनीमाथि सौतेनी आमा, हजुरआमा र हजुरबुवाले यातना दिँदै आएका छिमेकीले बताएका छन् । उनका बुवा ड्राइभर हुन् । घटनाको दिन समीक्षाले इराकमा रहेकी आमा मीनासँग आफूलाई मार्ने तयारी गरेको भन्दै सुनाएको बताइएको छ । ‘मलाई फोन गरेर मार्न खोजेका छन् भनेकी थिई, मैले रातिको समयमा कता जा भन्नू, आमा मीनाले भनिन् । उनी घटनापछि नेपाल फर्किएकी छन् । समीक्षाले आफ्नी आमामाथि अन्याय भएको भन्दै आवाज उठाउँदै आएकी थिइन् । यो कुरा परिवारका अन्य सदस्यलाई चित्त बुझेको थिएन । कक्षा १० पढ्दै गरेकी समीक्षाले नागरिकता बनाइदिन आग्रह गरेपछि उनीहरूको आक्रोश बढेको थियो । त्यही रिसमा ‘हत्या’का लागि मट्टितेल छर्किएर जलाउने प्रयास भएको आमा मीनाले आरोप लगाइन् । घटनाको किटानीपछि इलाका प्रहरी कार्यालय सालझण्डी र बुटवलले अनुसन्धान थालेका छन् । मृत्यु नहुँदासम्म यो घटना सार्वजनिक गरिएको थिएन । प्रहरीले सामान्य आगलागीको मुचुल्का उठाएर बसेको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Bardiya

0 Comments