Police have arrested a woman from Lamjung on the charge of killing her infant daughter. The arrsted has been identified as 30-year-old Samjhana BK, a resident of Rainas municipality-3 Dandakharka.
According to the police, Samjhana strangulated her 18-month-old daughter with a shawl on June 25 after the infant continued to cry incessantly. Metropolitan police circle Maharajgunj arrested her after the minor died on Monday while undergoing treatment in Kathmandu. During interrogation, the arrested woman confessed that she strangulated her daughter in a fit-of-rage.
डेढ वर्षीया छोरीलाई हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । राइनास नगरपालिका–३ ढाँडखर्ककी ३० वर्षीया सम्झना विकलाई प्रहरीले पक्राउ गरेको हो ।
धेरै रोएको भनी उनले १८ महिने छोरी मञ्जिलाको घाँटीमा सल बेरेर कसिदिएकी थिइन् । उपचारका क्रममा गत सोमबार बालिकाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उपचारमा संलग्न चिकित्सक र प्रहरीसँगको प्रारम्भिक बयानमा उनले कसुर स्वीकार गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बालिकालाई उपचारार्थ राजधानीको कान्ति बाल अस्पताल लगिएको थियो ।
घटना असार ११ मा भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि आफन्तले बालिकालाई काठमाडौं लगेका थिए । आफ्नै छोरीलाई सलले बाँधेर गम्भीर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएपछि सम्झनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको थियो ।
ती महिलाले रिसको झोंकमा छोरीलाई सलले बाँधिदिँदा घटना घटेको स्वीकार गरेको अनुसन्धान अधिकृत अधिकारीले बताए । यसअघि दुई छोरी रहेको र दुई छोरा खेर गएपछि मनमा असन्तोष पलाउँदा उक्त घटना घटेको उनले प्रारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याएर बिहीबार उनीविरुद्ध कर्तव्यज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट १२ दिनको अनुसन्धान म्याद लिएको छ । विकका श्रीमान् वैदेशिक रोजगारीका लागि मुलुकबाहिर छन् ।