Incident Reports

पानी माग्ने निहुँमा बालिका बलात्कार

2018-07-04

अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले ८ वर्षिया वालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन्। बालिकाका आफन्त रोपाइ गर्न गएको मौका छोपी दासले असार २० गते बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ। ‘घरमा बहिनीलाई हेरालो बसेकी थिएँ, आएर पानी देउन भने,त्यसपछि घर भित्र जाऊँ भने म जान मानिनँ। जबरजस्ती तानेर घरको माथिल्लो तलामा लगेका हुन्,’ पीडित बालिकाले भनिन्।’ बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ। अछामका प्रहरीका इन्सपेक्टर टेकवहादुर रावतले भने ‘घटनाको उजुरी ढिलो गरी आउँदा पीडकलाई पक्राउ गर्न गाह्रो भईरहेको छ, ‘हामीले आरोपीको हुलियासहित प्रहरीका सवै युनिट तथा देशभरका जिल्ला कार्यालयहरुमा खोजीको लागि जानकारी गराएर खोजी गरिरहेका छौँ, भारतमा भएपनि थप प्रक्रियामा जानेछौँ।’ भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठूलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बालिकाकी आमाले जानकारी दिइन्। असार २८ गतेबाट उपचारमा रहेकी बालिकालाई थप रगत आवश्यक भएकाले रगत दिइएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। बालिकाको योनीमा घाउ भएर संक्रमण भएर उपचार भइरहेपनि अवस्था कठिन नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments