Incident Reports

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

2018-07-11

Karnali, Dolpa, Tripurasundari, Ward 10

त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७ गते गिरफ्तार गरेको छ । मुना बुढाले आफूलाई पतिले प्रत्येक दिन कुटपिट गर्दै आइरहेका र पछिल्लो पटक असार २७ गते दिउँसो चिरपट दाउराले कुटपिट गरेको भन्दै प्रहरी चौकी त्रिपुराकोटमा असार २७ गते सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् । पतिको कुटपिटबाट मुनाको ढाडमा चोट लागेको छ । प्रत्येक दिन कुटपिट गर्दै घर निकाल्ने धम्की दिन थालेपछि पतिको बानीमा सुधार नआएकाले मर्नु भन्दा सम्बन्ध बिच्छेद गर्नु उचित ठान्दै प्रहरी कार्यालयमा निवेदन दिएको पीडित मुना बुढाले गुनासो गरिन् । प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज सई रोमहर्ष सिजवालका अनुसार इबेले मुनालाई कुटपिट गरेको घटनाको उजुरी यसअघि पनि परेको थियो । समस्या समाधानका लागि दुवैलाई छलफलमा राखिएको थियो । भरसक सम्बन्ध नबिग्रने गरी सुधार गर्ने उद्देश्यले इबेलाई हिरासतमा राखिएको सई सिजवालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments