Incident Reports

राजधानीभित्र दलित बालिका बलात्कृत

2018-07-04

Bagmati, Kathmandu, Kathmandu

राजधानीको पुरानो बानेश्वरबाट दलित बालिका बलात्कृत भएकी छिन् । खोटाङ घर भएकी १२ वर्षीय दलित बालिका अनिता (नाम परिवर्तन) असार २० गते सुनसरीका जगदिशकुमार भगतबाट बलात्कृत भएको आमासँग बताएपछि आइतबार पीडितहरुले महानगरीय प्रहरी वृत बानेश्वरमा जाहेरी दर्ता गरेका हुन् । बानेश्वर रत्नराज्य स्कूल कक्षा ६ मा अध्ययनरत अनितालाई ४८ वर्षीय भगतले यो भन्दा अघि पनि संवेदनशील अंगहरुमा समाउने गरेको र कसैलाई नभन्नु भनेर धम्क्याउने गरेको पीडित बालिकाले बताउनुभयो । आफुलाई २० गते पहिलो पटक शारिरीक सम्बन्ध राखेको र पछि तीन दिन सम्म डर धम्की दिएर पटक पटक शारिरीक सम्बन्ध राखेको अनिताले बताउनुभयो । बालिका अनिताको आमा कल्पनाले जगदिशबाट यस अघि पनि छोरीलाई पटक पटक जवरजस्ती गर्न खोजेको बताउनुभयो । हामीहरु काममा गएको समयमा छोरीलाई विभिन्न वहाना बनाएर खाने कुरा ल्याउने गरेको र छोरीको अंगमा गिद्धे नजर लगाई बलात्कृत गर्नेे भगतमाथि कडा कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । एसएसपी यसो भन्नुहुन्छ महानगरीय प्रहरी परिसर काठमाडौका एसएसपी विश्वराज पोखरेलले बालिका बलात्कृत भएको जाहेरी आइतबार दर्ता भएपछि आफुले तत्कालै पीडकलाई पक्राउ गर्ने आदेश गरेको र कानुनी दायरामा लिइ अनुसन्धानपछि कारवाही गर्ने बताउनुभयो । ‘घटना दर्ता भएपछि मैले तत्कालै पीडकलाई पक्राउ गर्ने जिम्मा दिएको छु, घटनाको अनुसन्धानपछि मैले कारबाही गर्छु,’उहाँले भन्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments