Incident Reports

College padlocked for a month

2018-06-27

The Education Campus in Dadeldhura district has been closed for a month due to the protest by the student union affiliated to Nepali Congress. The student union has been protesting against the administrative unit for appointing the new worker of their own relatives. The college has been closed since 19th June. नेपाली कङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको आन्दोलनका कारण डडेल्धुरा जिल्ला सदरमुकामस्थित शिक्षा क्याम्पसमा एक महिनादेखि पठनपाठन बन्द भएको छ । बन्दका कारण सो क्याम्पसमा अध्ययनरत ३ सय विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् । क्याम्पस प्रशासनले आफू निकटका व्यक्तिलाई प्रक्रिया पूरा नगरिकनै कर्मचारी भर्ना गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले गरेको आन्दोलनका कारण पठनपाठन बन्द भएको अनेरास्ववियूका विद्यार्थी नेता पुष्कर देउवाले बताए । आफूहरूले प्रक्रियागत र निष्पक्ष रूपमा कर्मचारी भर्ना गर्न क्याम्पस प्रशासनलाई बारम्बार अनुरोध गर्दै आएको भए पनि प्रशासनले पहल नगरेका कारण असार ५ गतेदेखि क्याम्पस बन्द गरी आन्दोलन गर्नु परेको नेपाल विद्यार्थी सङ्घका नेता विरेन्द्र धामीले बताए । आन्तरिक विवादलाई समयमै सुल्झाएर क्याम्पसमा लागेको ताला खोलेर पढने वातावरण सिर्जना गरिदिन विद्यार्थी जानकी साउदले आग्रह गरिन् । तालाबन्दीले गर्दा आफूहरूको पठनपाठन अवरूद्ध भएको र परीक्षा पनि नजिक आइरहेकाले क्याम्पसमा लगाएको ताला खुलाई पठनपाठन सहज बनाउनु पर्ने उनको भनाई छ । क्याम्पस प्रमुख गङ्गादत्त उप्रेतीका अनुसार क्याम्पसमा पठनपाठन सुरू गर्नका लागि आन्दोलनरत विद्यार्थी नेताहरूसँग समय समयमा छलफल गरिएको भए पनि समस्या सामाधान हुन सकिरहेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments