Incident Reports

प्रहरीले दर्ता नगरेपछि अदालतमा घरेलु हिंसाको उजुरी दर्ता

2018-06-05

कञ्चनरूप नपा–९ धरमपुरकी ६३ वर्षीया पारोदेवी यादवले उनका पति ६५ वर्षीय हरीलाल यादव, छोरा ३० वर्षीय सुबन यादव र निजकी पत्नी २५ वर्षीया विनीतादेवी यादवविरूद्ध जिल्ला अदालतमा साउन २२ गते घरेलु हिंसाको उजुरी दर्ता गराएकी छिन् । आरोपितहरूले मिलोमतो गरी अंश खोजे कुटेर ठिक पार्छौँ भनी ०७५ जेठ २२ गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । आरोपितहरूले ०७४ कात्तिक ९ गते समेत कुटपिट गरेपछि पीडितले इलाका प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको उजुरी दिएकी थिइन् । सो घटनामा आरोपितहरूले कुटपिट नगर्ने भनी लिखित सहमति गरेपनि पुनः कुटपिट गरेको पीडितले जानकारी दिइन् । जिल्ला अदालतले तीनै जना पीडितलाई कुटपिट, गालीगलौज र यातना नदिई बस्न, खान, लाउन दिनु भनी साउन २४ गते आरोपितहरूका नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments