Incident Reports

बिहे गरेको ३ महिनामै श्रीमतीको हत्या ! श्रीमान पक्राउ

2018-08-12

Madhes, Bara, Devtal, Ward 6

आफ्नै श्रीमतीको हत्या आरोपमा बारामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । देवताल गाउँपालिका-६ रौवाहीमा आइतबार राति श्रीमतीको हत्या गरेको आरोपमा सोमबार बारा प्रहरीले स्थानीय २२ बर्षीय अनिल प्रजापतिलाई पक्राउ गरेको हो । १९ बर्षीया श्रीमती ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गसिरएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । आइतबार राति करिब ११ बजे पण्डितको शंकास्पद मृत्युको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछका क्रममा उनको हत्या उनकै श्रीमान प्रजापतिले गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक राठौरले बताए । ‘हामीले तत्काल घटनास्थल पुगेर घटनाको सुक्ष्म अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको पायौं’ प्रहरी प्रवक्ता राठौरले भने । तीन महिनाअघि गत वैशाख २८ गते रौतहटको चन्द्रपुर नगरपालिका-१० बस्ने ममतादेवी पण्डितसंग प्रजापतिको मागी विवाह भएको थियो । प्रहरीका अनुसार श्रीमान् श्रीमतीबीच सामान्य बादविवादका क्रममा आवेशमा आएर घाँटी थिच्दा ममताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Police website , National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Bara , Local Newspaper - Makwanpur

0 Comments