Tension ran high at Rapti Community Hospital in Rukum West after a patient died during treatment on Monday.
Friends and relatives of Kamal Rawal, 27, of Triveni Rural Municipality-9 vandalised the hospital following his death while in medical care. Rawal, who was the ward member of Triveni Rural Municipality-9, was hospitalised on Saturday with complaints of headache and body ache. His family claimed that he died after the hospital staff gave him wrong injection.
The hospital administration, however, refuted the allegation made by Rawal’s family. (PR)
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि रुकुम पश्चिमको राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको अस्पतालमा मृतकका आफन्तले ढुङ्गा प्रहार गरेका हुन् । त्रिवेणि गाउँपालिका–९, का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्यकर्मीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका Σयालका सिसा फुटेका छन् । २६ गते शनिबार टाउको दु:ख्ने, जिउ दु:ख्ने समस्याका कारण रावल अस्पताल भर्ना भएका थिए । सामान्य अवस्थामा रहेका रावलमाथि गलत सुईको प्रयोग भएको आफन्तले आरोप लगाएका छन् । सुई लगाएको केही छिनमै रावलको मृत्यु भएको दाबी आफन्तले गरेका छन् । बिहान सुई लगाइसकेपछि दूध पिउँदा पिउँदै उनको मृत्यु भएको कुरुवा लक्ष्मण रावलले बताए । ‘उसको अवस्थामा सामान्य नै थियो, कुरा गरिरहेका थियो, बाहिर भित्र गरेकै थियो, सुई लाउने बित्तिकै उसलाई यस्तो भयो, अस्पताल र डाक्टरको लापरबाहीले यो सबै भएको हो,’ रावलले भने । रोग सामान्य छ, यतै ठिक हुन्छ भनेपछि अन्य अस्पताल नलिइएको उनले बताए । रोग ठीक हुन्छ भन्ने ग्यारेन्टी गरेपछि हामी यतै बस्यौं, अन्तत दु:खद घटना भयो, रावलले भने । अहिले मृतकका आफन्त अस्पताल वरिपरि बसेका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । अस्पतालले मृत्युको कारणबारे बताउनुपर्ने माग उनीहरुको छ । हिँडेरै अस्पताल पुगेको बिरामीको मृत्यु हुनु स्वभाविक नभएको भन्दै मृतकका आफन्त आक्रोसित छन् ।