Incident Reports

तरकारीमा सिन्डिकेट: व्यापारी पक्राउको विरोधमा कालिमाटी बजार सुनसान, बल्खुमा सामान्य

2018-08-21

Bagmati, Kathmandu, Kathmandu

अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् । म‌ंगलबार बिहानै अनुगमनमा गएको आपूर्ति विभागको टोलीका प्रमुख दीपक पोखरेलका अनुसार अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ। सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए। उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ। पक्राउ गरिएका व्यावसायीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। विवाद बारे बुझ्न सोमबार दिउँसो नै आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएका थिए। त्यहाँ पुगेर मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकारले कडाइका साथ अनुगमन गर्ने बताएका थिए । घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो । मन्त्रालयका सहसचिव प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानलाई कम मूल्य दिई उपभोक्तासँग बढी मूल्य लिने बिचौलियालाई नियन्त्रण गरी तरकारीका उत्पादक र उपभोक्ताबीचको दूरी न्यून गर्न नियमित अनुगमन गर्छौं ।’ यसैगरी बल्खु कृषि तथा तरकारी बजार भने अरु दिनको जस्तो सामान्य छ । तरकारी व्यापारीहरुका अनुसार बिहान यहाँबाट थोक तथा खुद्रा दुवैको किनमेल भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments