Incident Reports

कर वृद्धिको विरोध गर्दै मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुममा सडक निर्माण ठप्प

2018-08-23

कर वृद्धिको विरोधमा निर्माण व्यवसायीले तेह्रथुमको म्याङलुङ–हलीमेला खण्डमा निर्माणाधिन मध्य पहाडी लोकमार्ग निर्माणको काम ठप्प पारेका छन् । सडक निर्माण सामग्री ढुवानी गर्दै आएका सवारीलाई म्याङलुङ नगरपालिकाले अत्याधिक कर लगाएको भन्दै व्यवसायीले राष्ट्रिय गौरबको आयोजनाको काम नै रोकेका हुन् । म्याङलुङ नगरपालिकाले गएको भदौ १ गते देखि लागू हुने गरी करको नयाँ दर रेट निर्धारण गरेर ठेक्का लगाएको थियो । म्याङलुङ नगरपालिकाभित्र उत्खनन, भण्डारण, ओसार पसार र वस्टक राखेको ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्रीमा कर उठाउन स्थानीय सबिन निर्माण सेवाले जिम्मा लिएको थियो । कर उठाउने जिम्मा पाएको कम्पनीले गएको भदौ महिना अगाडि नै खानीबाट उत्खनन् गरी राखेको निर्माण सामग्री ढुवानी गर्दा समेत प्रत्येक पटक कर लाग्ने भन्दै पत्र पठाएपछि सडक निर्माण कम्पनीले कामै रोकेर करको दर घटाउन माग गर्दै विरोध थालेका हुन् । सडक निर्माण गर्दा ट्याक्टर र ट्रिपर समेत गरी दैनिक १ सय १५ ट्रिपसम्म ढुंगाा, बालुवा र गिटी ढुवानी गर्नु पर्ने र प्रत्येक पटकको कर तिर्दा दैनिक १० हजार रुपैयाँ भन्दा वढी कर तिर्नु पर्ने अवस्था आएको सडक निर्माण कम्पनीका साइड इन्चार्ज उदय कार्कीले बताउनुभयो । कम्पनीले दैनिक यति धेरै कर तिरेर सडक निर्माण गर्न नसक्ने भएकाले काम रोकेर बसेको उहाँले बताउनुभयो । २०७२ मसिंर २० गते ठेक्का सम्झौता गरेर काम थालेको कम्पनीले २०७६ असार ७ गते निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments