Incident Reports

रुपन्देहीमा सात वर्षीया बालिका सुतेकै ठाउँमा बलात्कृत

2018-08-23

Lumbini, Rupandehi, Kanchan, Ward 3

बलात्कारको विषयमा सदनमा बहस र सडकमा आन्दोलनमा भइरहेको बेला रुपन्देहीमा एकजना नाबालिका बलात्कृत भएकी छिन् । जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा त्यही स्थानका २० वर्षीय विकल पुनले उनलाई जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । बलात्कृत नाबालिकाको घर धादिङ हो । उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन गर्थिन् । पक्राउ परेका पुन बालिकाको मामाको साथी रहेको बताइएको छ । राति करिब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करण्ी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए । पक्राउ परेका पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments