Incident Reports

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

2018-08-25

Bagmati, Kathmandu, Kathmandu

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले न्याय माग्ने जनतामाथि केपी ओली सरकारले गोली हान्ने आदेश दिनु निन्दनीय भएको बताए । सो क्रममा नेविसंघका कार्यकर्ताले ओलीको पुतलासमेत दहन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments