Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-08-23

Province 1, Taplejung, Phungling, Ward 9

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदाप गाउँपालिका–१ सिम्लेका २४ वर्षीय रामचन्द्र लिम्बु भनिने अम्बरबहादुर लिम्बुविरूद्ध पीडित पक्षले पोक्लाबाङ प्रहरी चौकीमा भदौ ८ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । सदरमुकाम म्याङलुङबाट २३ किलो मिटर टाढा फेदाप गाउपालिकाको पोक्लाबाङ प्रहरी चौकीमा उजुरी परेकाले पीडित महिलाले वडा कार्यालयमा उजुरी दिए पनि जिल्ला अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गर्न अझै एक दिन लाग्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पिडित महिलाहरूले प्रहरीमा जाहरी दिएको थाहा पाएपछि आरोपित लिम्बु भदौ ७ गते देखि फरार भएका छन् । Update ---------- ४५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका फेदाप गाँउपालिका-१ सिम्लेका २४ वर्षीय रामचन्द्र भनिने अम्बरबहादुर लिम्बूलाई लुकेर बसेको अवस्थामा भदौ ११ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गत भदौ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित फरार रहेका थिए । आफन्तको घरमा लुकेर बसेको अवस्थामा भदौ ११ गते गिरफ्तार गरी सोही दिन अदालतबाट म्याद थपी कारवाही अघि बढाएको डिएसपी टेकबहादुर कार्कीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ९ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments