Incident Reports

लेखा शाखामा तालाबन्दी

2018-08-01

Province 1, Jhapa, Birtamod

विभिन्न माग राखेर आन्दोलित बनेका दुई विद्यार्थी संगठनले बुधबार प्याब्सन तथा एनप्याब्सनका पदाधिकारी रहेको निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेका छन् ।अनेरास्ववियु र अनेरास्ववियु-क्रान्तिकारीले झापाका आठ वटा निजी विद्यालयहरुको लेखा शाखामा तालाबन्दी गरेको अनेरास्ववियु -क्रान्तिकारीले जनाएको छ ।शैक्षिक क्षेत्रमा चर्को शुल्क वृद्धिको विरोधमा गरिएको दोस्रो चरण को आन्दोलन अन्तर्गत तालाबन्दी गरिएको र आगामी असार २० गतेसम्म तालाबन्दीलाई निरन्तरता दिइने सुवेदीले जानकारी दिए ।सरकारले जारी गरेको २०७२ को निर्देशिका पालना नगराउने,विद्यार्थी संगठन र प्याब्सन,एनप्याब्सनबीच भएको सहमति कार्यन्वयन नगराएको भन्दै प्याब्सन र एनप्याब्सनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्याम्पसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको उनले बताए ।बुधबार सो कारणले झापाका आठ वटा विद्यालयको लेखा शाखामा तलाब्नादी गरेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments