Incident Reports

न्वारानकै दिन आमाले छोरीलाई बारीमा पुरिन् !

2018-08-25

Gandaki, Gorkha, Siranchok, Ward 2

११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका-२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । रश्मीकी छोरीको भदौ ८ गते न्वारान गरिएको थियो । न्वारानकै दिन राति छोरी हराएको भन्दै रश्मीले आफन्तसँग हारगुहार गरेकी थिइन् । तर, प्रहरी अनुसन्धानका क्रममा रश्मी आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । प्रहरीले गुरुङलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । यस्तो छ घटना विवरण भदौ ८ गते थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको शिशु (छोरी) टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् । उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो । त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् । बच्चा हराएको खबर पाएपछि भदौ ९ गते प्रहरीले रश्मी, उनका श्रीमान र सासुलाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्यायो । सोधपुछको क्रममा रश्मीले आफूले बारीमा गाडेको स्वीकार गरिन् । आफ्नी आमाले धम्की दिएकाले उक्त घटना गराएको बयान दिइन् । सबल भण्डारी र रश्मीको अन्तरजातीय विवाह थियो । उनीहरु परिवारको इच्छाविपरीत भागेर विवाह गरेका थिए । त्यही कारण माइती पक्षबाट पति र बच्चालाई मार्ने धम्की दिएको रश्मी बताउँछिन् । ‘ममीले तेरो श्रीमान र बच्चा दुबैलाई मारिदिन्छु भनेर बारम्बार धम्की दिइरहनुहुन्थ्यो’ सोधपुछको क्रममा रश्मीले दिएको बयान उधृत गर्दै प्रहरीले भनेको छ । रश्मीको वयानको आधारमा प्रहरीले उनकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गुरुङलाई १० भदौमा काठमाडौबाट नियन्त्रणमा लिएको प्रहरलिे जनाएको छ । प्रहरी टोली मंगलबार घटनास्थल पुगेको छ । खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments