Incident Reports

आन्दोलनकारीप्रति प्रहरीको लाठीचार्ज, चार जना घाइते

2018-08-29

Gandaki, Kaski, Pokhara Lekhnath

पुनर्वहालीको माग राख्दै आन्दोनरत् सामाजिक परिचालकहरू माथि प्रहरीले भदौ १३ गते पोखरामा लाठिचार्ज गरेको छ । जिल्ला प्रशासन कार्यलय, कास्की अगाडि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथि प्रहरीले लाठिचार्ज गर्दा चारजना सामाजिक परिचालक घाइते भएका छन् । घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका स्थित वडा नम्बर ९ की सामाजिक परिचालक २५ वर्षीया भावना श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाकी सामाजिक परिचालक २९ वर्षीया सङ्गिता भण्डारी, पर्वत जिल्ला कुश्मा नगरपालिका स्थित वडा नम्बर २ की सामाजिक परिचालक ३० वर्षीया सचिनाकुमारी शर्मा र स्याङ्जा जिल्ला वालिङ नगरपालिकाकी सामाजिक परिचालक अमृता नेपाली रहेको आन्दोलनरत् सामाजिक परिचालक सिता केसीले जानकारी दिइन् । टाउकोमा गम्भीर चोट लागेका घाइतेहरूको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको नेपाल सामाजिक परिचालक कर्मचारी सङ्घ, गण्डकी प्रदेश अध्यक्ष पिताम्बर नेपालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयकी सई गीता रानाभाटले आन्दोलनरत परिचालकले आदेश अवज्ञा गरेका कारण घटना भएको प्रतिक्रिया दिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Police Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 4
Youth Injured 1
INSEC , National/Online Media

0 Comments