Incident Reports

काकाबाटै बलात्कृत भइन् ५ वर्षीया बालिका

2018-08-28

Lumbini, Banke, Kohalpur, Ward 3

कोहलपुर नगरपालिका– ३ मैटहवामा ५ वर्षीया मुस्लिम समुदायकी एक बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । १९ वर्षीय हरुण खानले मंगलबार दाजुकी छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित भिङ्गी रहेली घर भइ मैटहवामा चौधरीका घरका टहरामा बसेर तन्ना र कपडा बेच्ने ती दाजुभाइ परिवारसहित बस्थे । बाबुआमा घरमा नभएको मौकामा खानले दिउँसो तीन बजेतिर भतिजीलाई बलात्कार गरेका थिए । ‘घटनाकोे खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अभियुक्तलाई पक्राउ गरेको छ’, इप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले अन्नपूर्णसँग भने, ‘हाम्रो टोली पुग्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान अघि बढाएका छौं ।’ प्रहरीले बुधबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गरेको अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए । अदालतबाट पटक–पटक गरी २५ दिनसम्म पुर्पक्षका लागि थुनामा राख्न अदालतले म्याद थप गर्न सक्ने कानुनी व्यवस्था छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Banke

0 Comments