Incident Reports

विद्यार्थीलाई करणी गरेर शिक्षक फरार

2018-08-27

Province 1, Udayapur, Triyuga

आफै कार्यरत विद्यालयको विद्यार्थीलाई बलात्कार गरी एक शिक्षक फरार भएका छन् । त्रियुगा नगरपालिका–४ बगा हा बस्ने ४० वर्षका वीरेन्द्र बस्नेतले आफूलाई जबरजस्ती करणी गरेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा १२ वर्षीया बालिकाले उजुरी दिएकी छन् । सुतिरहेको समयमा घर बाहिर बोलाएर आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले शिक्षक विरुद्ध प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईका अनुसार शिक्षक बस्नेत विरुद्ध जबरजस्ती करणी गरेको उजुरी परेको हो । अभियुक्त बस्नेत त्रियुगा नगरपालिका– ४ बगा हा स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् । ‘सुतिरहेको समय एक छिन तिमीसँग काम छ भन्दै बाहिर बोलाए’ प्रहरीमा दिएको उजुरीमा भनिएको छ ‘बाहिर निस्केपछि विभिन्न बहाना बनाएर घरको पछाडि एकान्तमा जबरजस्ती ग¥यो’ । सोही क्रममा बालिकाले प्रतिकार गर्न थालेपछि बस्नेत भागेको पीडितका आफन्तहरूले बताएका छन् । अहिले घटनापछि फरार रहेका बस्नेतको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments