Incident Reports

Six year old raped in Rolpa

2018-08-21

Lumbini, Rolpa, Rolpa

A six year child has been raped by 15 year old boy in Rolpa. The boy, who’s identity was not revealed by the police, had threatened the child “not to tell it to anyone” after raping the minor 12 days ago, the police said. The incident came into light after the minor continually felt unwell for a few days, according to the relatives of the victim. As the child’s condition worsened, the mother took the child to a Primary Health Center in Pyuthan. It was there that her parents came to know their daughter was raped by her own relative. The District Police Office’s spokesperson, Sudharshan Panthi, said that they had already nabbed the accused yesterday. “The accused has admitted his crime,” Panthi said. Police have initiated an investigation and will be punished accordingly,” DSP Dipak Khadka, the district’s police chief said. रोल्पामा साढे ६ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । रोल्पा नगरपालिका भित्रकै एक गाउँकी बालिकालाई नातेदार १५ वर्षीय किशोरले जबरजस्ती करणी गरेको अभिभावकले जाहेरीमा उल्लेख गरेका छन् । छोरीलाई जबरजस्ती करणी भएको भन्दै बालिकाकी परिवारले शुक्रबार बेलुका प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिपक खड्काले जनाए । ११ दिनअघि बालिकामाथि जबरजस्ती करणी भएको परिवारले जनाएका छन् । छोरी बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्थामा लगेका थिए । बिरामी बालिकाको लक्षण र जाँचपड्ताल गर्दा स्वास्थ्यकर्मीले जवरजस्ती करणीको शंका गरेका हुन् । अभिभावकलाई एकपटक प्रहरीमा सम्पर्क गर्न स्वास्थ्यकर्मीले सुझाव दिएपछि परिवार प्रहरीमा पुगेका हुन् । बालिकालाई सोधपुछ गर्दा आमाकै भदै नातापर्ने किशोरले गलत व्यवहार गरेको अभिभावकलाई बताएकी छन् । आफुमाथि जबरजस्ती करणीको व्यवहार भएको भन्ने समेत थाहा नपाएकी अबोध बालिकाले शारीरिक पीडाबारे अभिभावसँग खुलाएकी थिइनन् । खाना नखाने, टोलाउने र ज्वरो आउने हुन थालेपछि अभिभावकले उपचारार्थ स्वास्थ्य संस्थामा लगेका थिए । स्वास्थ्यकर्मीले जबरजस्ती करणीको आशंका गरेपछि अभिभावक छांगाबाट खसेझैं भए । जिल्ला प्रहरी प्रमुख खड्का अनुसार आरोपित किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘पीडित परिवारको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि वढाएका छौं ।’, प्रनाउ खड्का भन्छन्, ‘बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाएका छौं । डाक्टरको रिपोर्ट आएको छैन् ।’ पक्राउ परेका किशोरलाई आइतबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ । जिल्लामा विगत चार वर्षमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका २७ घटना भए । केही दिन अघि मात्र आफ्नो पत्नीलाई छिमेकी पुरुषले जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त घटनाबारे अनुसन्धान जारी रहेकै बेला अवोध बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments