Incident Reports

साढे छ वर्षकी बालिकामाथि जबरजस्ती करणी !

2018-08-21

Lumbini, Rolpa, Rolpa

रोल्पामा साढे ६ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । रोल्पा नगरपालिका भित्रकै एक गाउँकी बालिकालाई नातेदार १५ वर्षीय किशोरले जबरजस्ती करणी गरेको अभिभावकले जाहेरीमा उल्लेख गरेका छन् । छोरीलाई जबरजस्ती करणी भएको भन्दै बालिकाकी परिवारले शुक्रबार बेलुका प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिपक खड्काले जनाए । ११ दिनअघि बालिकामाथि जबरजस्ती करणी भएको परिवारले जनाएका छन् । छोरी बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्थामा लगेका थिए । बिरामी बालिकाको लक्षण र जाँचपड्ताल गर्दा स्वास्थ्यकर्मीले जवरजस्ती करणीको शंका गरेका हुन् । अभिभावकलाई एकपटक प्रहरीमा सम्पर्क गर्न स्वास्थ्यकर्मीले सुझाव दिएपछि परिवार प्रहरीमा पुगेका हुन् । बालिकालाई सोधपुछ गर्दा आमाकै भदै नातापर्ने किशोरले गलत व्यवहार गरेको अभिभावकलाई बताएकी छन् । आफुमाथि जबरजस्ती करणीको व्यवहार भएको भन्ने समेत थाहा नपाएकी अबोध बालिकाले शारीरिक पीडाबारे अभिभावसँग खुलाएकी थिइनन् । खाना नखाने, टोलाउने र ज्वरो आउने हुन थालेपछि अभिभावकले उपचारार्थ स्वास्थ्य संस्थामा लगेका थिए । स्वास्थ्यकर्मीले जबरजस्ती करणीको आशंका गरेपछि अभिभावक छांगाबाट खसेझैं भए । जिल्ला प्रहरी प्रमुख खड्का अनुसार आरोपित किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘पीडित परिवारको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि वढाएका छौं ।’, प्रनाउ खड्का भन्छन्, ‘बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाएका छौं । डाक्टरको रिपोर्ट आएको छैन् ।’ पक्राउ परेका किशोरलाई आइतबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ । जिल्लामा विगत चार वर्षमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका २७ घटना भए । केही दिन अघि मात्र आफ्नो पत्नीलाई छिमेकी पुरुषले जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त घटनाबारे अनुसन्धान जारी रहेकै बेला अवोध बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments