Incident Reports

बसुन्धराको गेष्ट हाउसको कोठामा यस्तो अवस्थामा भेटियो धादिङकी १८ वर्षीया लक्ष्मी परियारको शव, होटल संचालक प्रहरी नियन्त्रणमा , श्रीमान फरार !

2018-09-02

Bagmati, Kathmandu, Kathmandu, Ward 3

७ स्थायी घर भएकी १८ वर्षीय लक्ष्मी परियार वसुन्धाराको स्पिड गेष्ट हाउसमा मृत फेला परेकी छन् । उनी उक्त गेष्ट हाउसमा भदौ ७ गतेदेखि नै श्रीमान अनिल परियारसंग बस्दै आएकी गेष्ट हाउस संचालक मनोज तामाङले बताएका छन् । १२ गते बेलुका खाना खाएर श्रीमानसंगै सुतेको संचालक तामाङको भनाइ छ । १३ गते मनोजको छोरालाई लक्ष्मीका श्रीमानले फोन गरेर हामीलाई खान नबनाउनु म नानी (लक्ष्मी) लाई लिएर हस्पिटल जादैछु भनेका थिए । त्यसकै बेलुका पनि पुन फोन गरेर नानीलाई हस्पिटलमै राख्नुपर्ने भयो बेलुकी पनि खाना नबनाउनु भनेर फोन गरेका थिए । १४ गते बेलुका ४ बजे होटेल संचालकका छोरा आफैले फोन गरेर आउने नआउने बारे सोध्न खोज्दा अनिलको मोबाइल अफ भएको मनोजले बताए । शुक्रबार गेष्ट हाउस संचालकका छिमेकी सहकारी संचालकले वरीपरी गन्ध आएको भन्दै खबर गरेपछि कोठामा हेर्दा लक्ष्मी मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले होटल संचालक मनोजलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने लक्ष्मीका श्रीमान अनिल फरार छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments