Incident Reports

छात्रामाथि सामुहिक दुर्व्यवहार

2018-08-24

Province 1, Jhapa, Arjundhara, Ward 1

गत शुक्रबार अर्जुनधारा-१ सिस्नेस्थित सिंहदेवी माद्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत छात्राको सामूह आफ्नो घरमा छिमेकी गाउँपालिका रोङ जाँदै गर्दा स्थानीय युवाहरुको समूहबाट दुर्व्यवहारको शिकार भएका हुन् । दुर्व्यवहारको विषयमा उनीहरुले गत सोमबार विद्यालय प्रशासनमा पाँचौ घाँटीपछी निवेदनसहित जानकारी दिएपछि मात्र घटना बारे आफुले थाह पाएको प्रधानाध्यापक खड्ग गोलेले बताए । उक्त निवेदन अनुसार हचुमासा सामुदायिक वनको खैरेनी ब्लक अन्तर्गत पर्ने वन क्षेत्रको बाटोमा विद्यालय आउने जाने क्रममा आरोपित मोटरसाइकलमा सवार व्यक्तिहरुले बाटो छेकी अभद्र व्यवहार गर्ने गरेको उल्लेख छ । ८ जना छात्राले सामुहिक रूपमा हस्ताक्षर गरेको उक्त निवेदनमा उनीहरुले विद्यालय आउने जाने क्रममा त्यस क्षेत्रमा सुरक्षाको माग गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार घटनाका आरोपितहरु स्थानीय १८ वर्षीय गंगा रसाइली, १९ वर्षीय धनबहादुर राई र २० वर्षीय देवकुमार राईलाई मंगलबार नियन्त्रणमा लिइएको र सोहि दिन नै थप अनुसन्धानको लागि बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Jhapa

0 Comments