Incident Reports

पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

2018-09-09

Karnali, Surkhet, Barahtal, Ward 2

बराहताल गाउँपालिका-२ की ३१ वर्षीया मनिसरा नाम्जालीलाई हँसिया प्रहार गरेको आरोपमा ३३ वर्षीय पति टोपबहादुर नाम्जालीलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा विवाद हुँदा पत्नीको टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । आरोपित नाम्जालीलाई प्रहरी चौकी कुनाथरीबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको हो । हँसिया प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी मनिसराको उपचार क्षेत्रीय अस्पताल सुर्खेतमा भइरहेको छ । टोपबहादुरलाई भदौ २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments