Incident Reports

Arrested on charge of human trafficking

2018-09-10

Police have arrested 24 years old husband on September 10 on charge of trafficking his 22 years old wife. The victim was taken to India last year by the accused for the labor job and was trafficked in Banglore for IC 2, 20,000. He was arrested based on a written complaint lodged by the victim according to DSP Thakur Prasad Pokhrel. The complaint states that she was taken hostile for one month by the one who purchased her. She said that her son was also trafficked by the accused. Later she was rescued by her brother who is working in Ahemdabad. The victim lodged complaint at District Police Office of Dailekh on February 23 in support from her brother. २२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक महिनामा भारतको बैङ्गलोर पुर्‍याई त्यहाँ २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको लिखित उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उजुरीमा आरोपितले बेचेको ठाउँमा आफूलाई बैङ्गलोरमा किन्ने व्यक्तिले एक महिना बन्धक बनाई राखेको अवस्थामा भारतको अहमदाबादमा मजदुरी गर्ने आफ्नो दाजुले उद्धार गरी नेपाल ल्याएको उल्लेख गरिएको छ । मानव बेचबिखन मुद्दामा उजुरी आए लगतै अदालतले बकपत्र लिने नियम अनुसार पीडितले एक वर्षीय छोरा समेतलाई २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको बताएकी छन् । आरोपितले पनि प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा साविती बयान दिएको जनाएको छ । पीडित महिलाले दाजुको संरक्षणमा अहमदाबादमा बसेर नेपाल फर्के लगतै ०७४ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । उजुरी त्यतिबेला परे पनि भरखरै मात्र घर आएको सूचनाको आधारमा प्रहरीले गिरफ्तार गरेको हो ।

0 Comments