Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2018-09-10

२२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक महिनामा भारतको बैङ्गलोर पुर्‍याई त्यहाँ २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको लिखित उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उजुरीमा आरोपितले बेचेको ठाउँमा आफूलाई बैङ्गलोरमा किन्ने व्यक्तिले एक महिना बन्धक बनाई राखेको अवस्थामा भारतको अहमदाबादमा मजदुरी गर्ने आफ्नो दाजुले उद्धार गरी नेपाल ल्याएको उल्लेख गरिएको छ । मानव बेचबिखन मुद्दामा उजुरी आए लगतै अदालतले बकपत्र लिने नियम अनुसार पीडितले एक वर्षीय छोरा समेतलाई २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको बताएकी छन् । आरोपितले पनि प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा साविती बयान दिएको जनाएको छ । पीडित महिलाले दाजुको संरक्षणमा अहमदाबादमा बसेर नेपाल फर्के लगतै ०७४ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । उजुरी त्यतिबेला परे पनि भरखरै मात्र घर आएको सूचनाको आधारमा प्रहरीले गिरफ्तार गरेको हो ।

0 Comments