Incident Reports

बारामा घाटी रेटी महिलाको हत्या

2018-09-22

Madhes, Bara, Kalaiya

बारामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शनिबार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा उनी बेपता भएकी थिइन्। खेतमा काम गर्न गएकी धोविन राती घर नफर्केपछि परिवारका सदस्यहरुले उनको निकै खोजि गरेपिन कुनै पत्ताे नलागेकाेमा आइतबार विहानै खोज्न जाँदा हत्या गरेर पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फालिएको अवस्थामा फेला पारेकाे स्थानीय राजेश मेहताले बताए। सियापतिका तीन छोरी एक छोरा छन् भने उनका श्रीमान खेती मजदुरी गर्दै आएका छन्। बाराकी प्रहरी उपरिक्षक मिरा चौधरीले उनको घाटी रेटेर हत्या गरिएको बताउँदै घटनाको अनुसन्धान थालिएको बताइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments