Incident Reports

No translation available.

2018-09-14

बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा उनी आनी बन्न गएकी थिइन् । पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ । त्यसयता पटक पटक बलात्कार गरेको पीडित युवतीले बताइन् । आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारका विषयमा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बताइन् । ‘ममाथि पटक-पटक गुरुले बलात्कार गर्नु भयो । यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनुभयो र मैले उजुरी हाल्न सकिन ।’ बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन् । पत्रकार सम्मेलन भएकै स्थलमा बम्जन पक्षधरका केही व्यक्तिहरु समेत प्रवेश गरेर आनीलाई रकम चोरेको अभियोगमा कारबाही गरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments