Incident Reports

No translation available.

2018-09-22

Alert:Rautahat/Sep 23; रौतहटमा तीनवटा सशस्त्र बेस क्याम्प हटाउन लागेको भन्दै स्थानीयले घेराउ गरेका छन् । सशस्त्र प्रहरी बेस क्याम्प समनपुरलाई फिर्ता लैजान लागेको भन्दै स्थानीयवासीले रातभर घेराउ गरेका छन् । समनपुरवासीले शनिवार बजार बन्द गरेर पनि सशस्त्र प्रहरीलाई घेराउ गरेका छन् । सशस्त्र प्रहरी बेस समनपुरलाई एघार कट्ठा जग्गा हकभोगको लागि दिएको र करिब तीस लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरिरहेको तथा सशस्त्र बेस फिर्ता जाँदा सुरक्षा नै कमजोर हुने भएको बताउँदै स्थानीयले शनिवार दिउँसोसम्म बेस क्याम्प घेराउ गरेका छन् । सशस्त्र बेस क्याम्प हटाउन नदिन आपूmहरूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको घेराउ कार्यक्रममा भेटिएका प्रदेश सदस्य शेख पूmलबाबूले बताए । सशस्त्र बेस समनपुरलाई कायम राख्न नेकपा, नेका, फोरम, राजपालगायत सबै दलका स्थानीय प्रमुख एकमत रहेका छन् । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्णय अनुसार समनपुर, देवाही र जङ्गलसैयाको बेसलाई अन्यत्र समायोजन गर्ने निर्णय भएकोले हटाउन खोजिएको हो तर वर्तमान अवस्थामा सुरक्षा चुनौतीलाई ध्यान दिंदै स्थानीयको बेस हटाउन नदिने माग रहेको भन्दै माथि जानकारी गराएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । यसैगरी, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रौतहटले पनि तत्काल बेस क्याम्प नहटाउन निर्देशन दिएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बेस क्याम्प हटाउन लागेको थाहा भएपछि देवाहीका स्थानीयले पनि शुक्रवार घेराउ गरेका थिए । नगरपालिकाको कार्यपालिकाले निर्णय नै गरेर बेस नहटाउन माग गरेको छ । जङ्गलसैयामा रहेको बेस हटाउन नदिन स्थानीयले सङ्घर्ष समिति नै गठन गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments