Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-09-22

Bagmati, Chitawan, Bharatpur, Ward 11

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–११ का १९ वर्षीय प्रविण गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ‘विहे गर्छु’ भनी भदौ ३ गतेदेखि भगाइ लगेको र विहे नगरेको भन्दै पीडितले ७ गते उजुरी दिएकी हुन् । विवाह गर्नका लागि दुवैको उमेर कानुनी रूपमा पुगेको छैन । कानुन अनुसार विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुग्नु अनिवार्य छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले उमेरका कारण विवाह असम्भव भएपछि केटी पक्षले प्रहरीमा आरोपितविरूद्ध बलात्कारसम्बन्धी उजुरी दिएको बताए । आरोपित फरार रहेकाले खोजी कार्य सुरू गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments