Incident Reports

बाल यौन दुराचारको आरोपमा एकजना पक्राउ

2018-08-31

बाल यौन दुर्व्यवहारको आरोपमा एक जनालाई कन्चनपुर प्रहरीले पक्राउ गरेको छ । बेलडाँडी गाउँपालिका-२ ढकनियाँका ५७ बर्षिय राजेन्द्र बिष्टलाई बालिकालाई चकलेट दिएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीलेपक्राउ गरेको हो । प्रहरीका अनुसार बिष्टले बिध्यालयबाट फर्किंदै गरेका ६ बर्षिया दुई बालिकालाई चकलेट दिने लोभमा कोठामा लागेर यौन दुर्व्यवहार गरेका हुन् ।भाद्र १५ गते नै उक्त घटना भएपनि आरोपित बिष्टले बालिकाको ज्यान मार्ने धम्की दिएका कारण प्रहरीमा परिवारले उजुरी नदिएको इलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ । पिडित बालिकाहरुले आफ्नी आमालाई घटनाको बारेमा बताएपछि प्रहरीकोमा मौखिक उजुरी दिएपछि प्रहरीले बिष्टलाई पक्राउ गरेको हो । बालिकाहरुको स्वस्थ परिक्षण रिपोर्ट आएपछि सोहीअनुसार कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Kanchanpur , Local Newspaper - Dhanusha

0 Comments