Incident Reports

चालकको आन्दोलनले यातायात ठप्प

2018-09-18

Nepal

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प रहेको छ ।सरकारद्वारा जारि गरिएको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।जारि गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभएसम्म यातायात नचलाउने घोषणा गरेका हुन् ।ऐनमा सवारी चालकलाई अपराधीसरह बनाएको,जन्मकैदको फैसला गर्ने व्यवस्थाप्रति असन्तुष्ट रहेको र यातायात ठप्प पार्नुको विकल्प नभएको चालकले बताएका छन् । पूर्वका झापा, मोरङ,सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरुमा सार्वजनिक यातायात ठप्प रहनुका साथै हजारौँ यात्रुहरु मार्कामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha

0 Comments