Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-12

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला भेरिगङ्गा नपा-१३ का ३२ वर्षीय बिर्खबहादुर थापालाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २९ गते बलात्कार गरेको भन्दै पीडितले असोज ८ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले थापाले विगत एक वर्षदेखि यसरी नै युवतीहरूलाई यौन शोषण गर्दै आएको जानकारी र पीडितको उजुरीको आधारमा गिरफ्तार गरी घटनाबारे अनुसन्धान गरिरहेको बताए । डिएसपी गुरुङले आरोपितविरूद्ध चोरीको उजुरी पनि रहेको जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ८ गते पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments