Incident Reports

शनिबार पनि धनगढी बन्द कायमै

2018-09-29

Sudurpashchim, Kailali, Dhangadhi

प्रदेश ७ को स्थायी राजधानी र नामाङकनको विरोधमा बिहिबार शुरु भएको अनिश्चितकालिन धनगढी बन्द आज पनि जारी छ । प्रदेश सरकारले जनताको सुझाव र प्रतिपक्षको उपस्थिती विना निर्णय गरेको भन्दै आज पनि धनगढी बन्दलाई निरन्तरता दिइएको हो । बन्दका कारण बिहानैदेखि धनगढी बजार पूर्ण बन्द छ भने शैक्षिक सस्था पनि खुलेका छैनन् । विगतमा बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेपनि आजदेखि भने सवारी साधन ठप्प छ । बन्दकर्ताहरुले आज बिहान धनगढीको मुख्यबजारमा रहेको प्रदेश सभा भवन अगाडी टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रदेशको स्थायी राजधानी र नामाङ्कन गर्न गठित विशेष सुझाव समितिले मंगलबार संसदमा प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ र प्रादेशिक राजधानी कैलालीको गोदावरी नगरपालिका ४ स्थित तेघरीमा राख्न सुझावसहितको प्रतिवेदन पेश गरेपछि धनगढीवासीले असहमति जनाउदै धनगढी वन्दको आवहन गरेका हुन् । दुइतिहाइको दम्भमा निरंकुशतन्त्र लाद्न खोजेको बन्दै आज पनि धनगढी बन्द गरिएको र प्रतिपक्ष बिना गरिएको एकलौटी निर्णयका विरुद्धको बन्दमा साथ दिन बन्दका संयोजक हरि रेग्मीले अनुरोध गरेका छन् । ‘सुनियोजित वन फँडानी गरेर भौतिक संरचना बनाउनु गलत हो । यसमा प्रदेश ७ का बासिन्दाको असहमति रहेकोले बाध्य भएर बन्द गरेका हौ’ नागरिक समाजका अगुवा समेत रहेका संयोजक रेग्मीले बताए । उनले केही नेताहरुले वन तस्कर र भू–माफियासँग साठगाठ गरी वनक्षेत्र सिध्याउँने मनसायले प्रादेशिक राजधानी तेघरीमा सिफारिस गरिएको आरोप लगाए । सुदूर भनेर चिनिने सुदूरपश्चिमलाई फेरि पनि त्यहिँ नाम सिफारिस गर्नु न्यायोचित नभएको आन्दोलनमा सहभागी धनगढी उपमहानगरपालिकाकाबासी बताउँछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis