Incident Reports

नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत

2018-09-27

Lumbini, Banke, Nepalgunj

नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको छेउमै रहेको सुरेन्द्र होटल एण्ड लजमा विहीवार दिउँसो किशोरी बलात्कृत भएकी हुन्। तुर्माखाद गाउँपालिका वडा नम्बर ४ अछाम घर भई नेपालगन्जमा बस्दै आएका अन्दाजी १८ वर्षीय सुरेन्द्र जैसीले साेहि हाेटलमा काम गर्ने एक महिलाकी छाेरीलार्इ काेहि नभएकाे माैका छाेपेर बलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक राजेन्द्र अर्यालले जानकारी दिए। प्रहरीका अनुसार होटल सञ्चालक पुरन र पीडित किशोरीकी आमा सामान किन्न भारतको रुपैडिया बजार गएको मौका छोपी सुरेन्द्रले किशाेरीलार्इ कोठामा थुनेर बलात्कार गरेका थिए। पीडितले प्रहरीलाई दिएको बयान अनुसार सुरेन्द्रले यसअघि किशोरीलाई फोन गरेर माया गर्ने बताउने गरेका थिए। तर किशोरीले उनको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिईन्। घटनापछि आरोपी सुुरेन्द्र फरार छन्। उनको खोजी कार्य भईरहेको प्रहरी नायव उपरिक्षक अर्यालले बताए। पीडित किशोरीको स्वास्थ्य परिक्षण गरेर अनुसन्धान सुरु गरिएको डिएसपी अर्यालले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments