Incident Reports

छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

2018-09-29

Province 1, Okhaldhunga, Sunkoshi, Ward 7

अाफ्नै छाेरीलार्इ जवरजस्ती करणी गरेको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष रहेका छन्। पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन्। अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी भागेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही ठाउँ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा उनलार्इ फेला पारेकाे थियाे। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ। यस्तै सुनसरी धरान उपमहानगरपालिका ६ पानमारी सिमलचोक बस्ने १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा केरावारी गाउँपालिका ५ देवीटार बस्ने २७ वर्षीय अशु कामीलाई प्रहरीले पक्राउ गरेको छ। कामीले बालिकालाई जवरजस्ती करणी गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments