Incident Reports

सामाजिक अभियन्ता सावित्री सुवेदीको जीवन : महिला हिंसाबारे ‘स्टाटस’ लेख्दा पार्टीबाट निष्कासित

2018-10-01

Nepal

‘मैले गर्ने त केही होइन,’ आफ्नै निवासमा उनले खुलेर भनिन्, ‘बलात्कारको केस दर्ता गर्न आनाकानी गरिए नाराजुलुस गरेरै भए पनि दर्ता गर्ने हो । दबाब दिने । पीडितको उपचारको व्यवस्था मिलाउने हो ।’ बलात्कारीलाई फासी दिनुपर्छ भन्दै अभियान थालेको अभियानले निरन्तरता पाएको छ । संवत् २०७० देखि यो अभियानमा लागेकी सामाजिक अभियन्ता सावित्री सुवेदी अर्धनग्न जुलुस निकालेपछि चर्चामा छिन् । सामाजिक अभियन्ता सावित्री सुवेदीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : मेरो खाना महिनामा तीनदेखि चार छाकमात्रै खाना खान्छु । त्यो पनि क्यालोरीका लागि । खसीको मासु र भात असाध्यै मन पर्छ । कामविशेषले कहिले कहाँ, कहिले कहाँ पुग्नुपर्छ । त्यतिबेला मासु पाएमा खाना खान्छु, नत्र भोकै बस्छु । खाना नखाए पनि चिया र कोल्ड ड्रिङ्क्स पिउँछु । साग र फर्सीको तरकारीचाहिँ खान नपरे हुन्थ्यो लाग्छ । खानकै लागि आजसम्म रेष्टुरेन्टका खानेकुरा खाएकी छैन । रेष्टुरेन्ट पुगिहाले भने चिया, कफी र कोल्ड ड्रिङ्क्ससम्म पिउनेछु । मेरो पोसाक सामान्यतया जिन्स पाइन्ट र टी–सर्ट लगाउने गर्छु । कालो वर्णकी भएकाले हरियो र पहेंलो रङका कपडा रोजाइमा पर्छन् । रेडिमेड कपडा नै लगाउँदै आएकी छु । कपाल काटेपछि मात्रै क्याप लगाउन थालेकी हुँ । मेरो फिटनेस २८ वर्षकी भएँ । ३८ किलोकी छु । अहिलेसम्म फिटनेससम्बन्धी केही गरेकी छैन । डाइटिङ छ । सालिन्दा दसैंमा वीरगन्ज पुग्दा त्यहाँको विपश्यना जान्छु । ११ दिन मौन बसिन्छ । ध्यान गरिन्छ । ध्यान गर्दा आनन्द लाग्छ । सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखिरहन्छु । ‘स्टाटस’ लेखेपछि गाली खानुपर्छ । तर पनि लेख्न छाड्दिनँ । किताबको संकलन राम्रै छ । अरू व्युटिपार्लर धाउँछन्, कसरी राम्री बन्ने ध्याउन्नमा हुन्छन्, मचाहिँ बजारमा के–कस्ता किताब आए होलान् भनेर खोजिहिँड्छु । मेरो अध्ययन सरस्वती प्रतीक्षाको ‘नथिया’ भर्खरै पढिसकें । हिजोआज हरिमाया भेटवालको ‘कल्ली’ पढ्दै छु । इतिहाससम्बन्धी किताब पढ्न जाँगर चल्छ । त्यसबाहेक पनि नपढ्नेचाहिँ होइन । धेरै किताब पढें, त्यसमध्ये सलिना थापाको प्रतिवेदन र पर्दाफास असाध्यै मन पर्यो । सरस्वती प्रतीक्षाको ‘नथिया’ दुईपटक पढें । झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ त्यत्तिकै मन पर्यो । सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखिरहन्छु । ‘स्टाटस’ लेखेपछि गाली खानुपर्छ । तर पनि लेख्न छाड्दिनँ । किताबको संकलन राम्रै छ । अरू व्युटिपार्लर धाउँछन्, कसरी राम्री बन्ने ध्याउन्नमा हुन्छन्, मचाहिँ बजारमा के–कस्ता किताब आए होलान् भनेर खोजिहिँड्छु । मेरो घुमफिर योजनाबद्ध तरिकाले घुमफिरमा निस्केको छैन । कामविशेषले ७७ जिल्ला पुगेकी छु । ७७ जिल्लामध्ये झापा र बर्दिया असाध्यै मन पर्यो । इलाम जति घुमे पनि अघाइनँ । सामाजिक अभियन्ता भएकाले विभिन्न ठाउँबाट निम्ता आइरहन्छ । सकेसम्म निम्ता गरेका ठाउँ पुग्ने कोसिस गर्छु । त्यसैले एकखालको व्यस्त छु । जति नै व्यस्त रहे पनि मोबाइल स्वीचअफ गरेर आराम गरौं भन्ने लाग्दैलाग्दैन । मैले त्यसो गर्नु पनि हुँदैन । मेरो फुर्सद फुर्सद पाइहालेमा अध्ययन गरेर बिताउँछु । पीडितसँग कुराकानी गर्छु । तपाईंले बोलिदिए हामीले न्याय पाउँथ्यौं कि भनेर पीडितले टेलिफोन गरिरहन्छन् । मेरो खेलकुद विद्यालय तहमा भलिबल खेल्थें । मेरो मोबाइल सामसुङ ग्यालेक्सी जे सेभेन प्राइमको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । यसको साढे २६ हजार रुपैयाँ परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक र भाइबर प्रयोग गर्छु । मेरो टीभी कामविशेषले कहाँ–कहाँ पुगिरहेकी हुन्छु । सबै ठाउँमा टेलिभिजन हेर्न पाइँदैन । टेलिभिजन हेर्न पाउँदा समाचार प्राथमिकतासाथ हेर्ने गर्छु । मेरो चलचित्र पछिल्लोपटक चलचित्र ‘राजारानी’ हेरेकी थिएँ । चलचित्र हेर्न साथी चाहिँदैन । हलसम्म पुगेर एक्लै हेर्ने गर्छु । नेपाली चलचित्रमात्रै हेर्ने गर्छु । हेरेकामध्ये चलचित्र ‘पशुपतिप्रसाद’, ‘राजारानी’ र ‘दुर्गा’ असाध्यै मन पर्यो । नेपाली कलाकार सबै मन पर्छन् । त्यसमध्ये प्रियंका कार्की क्रान्तिकारी लाग्छ । अहिलेसम्म कसैलाई प्रेम गरेकी छैन । बिहे गर्ने सोच पनि छैन । आफूजस्तै झोला बोकेर ‘डुङडुङ’ हिँड्ने केटा पाएचाहिँ बिहे गर्थें । मेरो रोग अहिलेसम्म स्वस्थ छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएकी छैन । बिहान बेलुका गीत सुन्दै नाच्छु । सकारात्मक सोच्छु । स्वस्थ रहने त्योभन्दा अर्को रहस्य छँदै छैन । मेरो भाषणशैली सामाजिक अभियन्ता भएकाले भाषण गरिरहनुपर्छ । आफूले गरेको भाषण आफैंले सुन्दिनँ । हेर्दिनँ । मेरो भाषणशैली अराजक छ तर प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने मलाई थाहा छ । भाषण गरेकै आधारमा विवादमा परेकी छु । म पढ्ने विद्यालयले मासिक शुल्क बढाएपछि प्रधानाध्यापकलाई विद्यालयमै थुन्दा विवादमा तानिएकी थिएँ । उहाँ अहिले मेयर हुनुहुन्छ । मेरो मापसे मादक पदार्थको स्वाद थाहा छैन । तर, सुपाडीचाहिँ खाने गरेकी छु । पढ्ने बेला सुपाडी खाने बानी छ । मेरो संगीत गीत–संगीत सुन्छु । गायिका मेलिना राईको आवाज श्रवणीय लाग्छ । स्वर मीठो नभए पनि गुनगुनाउँछु । मेरो भूल जान–अन्जानमा जोकोहीबाट गल्ती हुनु मानवीय स्वभाव नै हो । जान–अन्जानमा गरिएका कतिपय गल्तीले हिजोआजसमेत पश्चाताप लाग्छ । तसर्थ, राजनीतिक नेतालाई गाली गर्न छाडेकी हँु । केन्द्रीय सदस्यबाट माओवादीले निष्कासित गर्नुभन्दा ठूलो सजाय अरु के हुन सक्छ । मेरो घर बारामा रहेको घर बुवाले बनाउनुभएको हो । म सात कक्षा पढ्दै गर्दा बुवा पेन्सनमा आउनुभएको थियो । बुवा भारतीय सेनामा हुनुभएकाले काठको मासेर पक्की घर बनाइएको हो । त्यतिबेला घर बनाउन १५ लाख रुपैयाँजति खर्च भएको थियो । मेरो राशी मेरो राशी मकर हो । ग्रहदशा हेराउँदिनँ । ग्रहशान्ति पनि गराउँदिनँ । तर, विश्वासचाहिँ लाग्छ । मेरो सौन्दर्यचेत कपालमा सिरम लगाउँछु । आजसम्म फेसियल गरेकी छैन । अनुहारमा लोटसको क्रिम लगाउँछु । हिमालयनको फेसवासले मुख धुन्छु । मेरो प्रेम अहिलेसम्म कसैलाई प्रेम गरेकी छैन । बिहे गर्ने सोच पनि छैन । आफूजस्तै झोला बोकेर ‘डुङडुङ’ हिँड्ने केटा पाएचाहिँ बिहे गर्थें । बिहे गरें भने मैले धेरै कुरामा सम्झौता गर्नुपर्छ । सासूससुरालाई ढोग्नुपर्छ । नन्दलाई सम्मान गर्नुपर्छ । नरम भएर बोल्नुपर्छ । त्यो मबाट नहुन पनि सक्छ । तर जन्म, विवाह र मृत्यु भगवान्को उपहार हो । त्यसैले बिहे हुन पनि सक्छ । नहुन पनि सक्छ । मेरो सपना हिंसारहित महिलामैत्री मुलुकको कल्पना गरेकी छु । महिला र पुरुष समान हुनुपर्छ । पुरुष राति १२ घर आउँदा केही नभएजस्तै महिलाले चाहिँ डराउँदै तर्केर हिँड्न नपरोस् । प्रत्येक पुरुषले महिलालाई सम्मान गरून् । महिलाले पनि पुरुषलाई सम्मान गरोस् । त्योभन्दा अन्य सपना छैन । मेरो मृत्यु मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु अकाट्य छ । मृत्युसँग डराउनुहुँदैन । मलाई डर पनि लाग्दैन । सामाजिक अभियन्ता भएकाले मसँग केही पनि छैन । किताबभन्दा अरू केही छैन । तर, मृत्युपछि नगरपालिकाको बसले शवचाहिँ उठाइदिऊन् । अन्य लोभ छँदै छैन ।
National/Online Media

0 Comments