Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-01

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 4

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ३५ वर्षीय जयसिंह बोहरालाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । पीडित पक्षको मौखिक उजुरीका आधारमा बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिए । पीडितले आफूलाई बलात्कार गरेको भन्दै फोनमार्फत जानकारी गराएपछि गोकुलेश्वरबाट प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको उनले बताए । आरोपित बोहरालाई असोज १६ गते बेलुकीसम्म जिल्ला प्रहरी कार्यालय पुर्‍याइने जनाइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको छ । घटनास्थल गोकुलेश्वरबाट टाढा रहेको कारण ढिलाइ भएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Police website

0 Comments