Incident Reports

स्वतः स्थायीको माग गर्दै राहत शिक्षक सडकमा

2018-10-07

Bagmati, Kathmandu, Kathmandu

राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आहृवानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments