Incident Reports

News: प्रेम गरेको भन्दै १४ वर्षीया किशोरी घर निकाला

2018-08-14

Madhes, Saptari, Khadak, Ward 10

सप्तरीकी एक किशोरी बुवाआमाबाटै घरबाट निकालिएकी छन्। छिमेकी एक किशोरसँग प्रेम गरेको आरोपमा खडग नगरपालिका- १० डंगराहीकी १४ वर्षीया किशोरी घरबाट निकालिएकी हुन्। घरबाट निकालिएकी किशोरीलाई उनका बुवाआमा र आफन्तले गत साउन २९ गते उनीसँग मिल्ने केटा साथीको घरमा लगेर जबरजस्ती राखेका छन्। एउटै विद्यालयमा पढ्ने १७ वर्षीय एक किशोरसँग हिमचिम बढेको देखेपछि प्रेम गरेको आरोप लगाउँदै बुवाआमा र आफन्तले साथीको घरमा लगेर राखिदिएको बालिकाले बताइन्। बालिकाले भनिन,' महेन्द्र माविमा पढन जाँदा र घर फर्किदा सँगै जाने आउने र बोलचाल गरेकै कारण प्रेम गरेको आरोप लगाएर बुवाआमाले जबरजस्ती साथीको जिम्मा लगाएर हिँडे।' ट्याक्टर चलाएर जिविकोपार्जन गरिरहेका बालिकाका बुवाले एक वर्षअघि कान्छी श्रीमती भित्र्याएपछि घरको सबै कामधन्दा सकेर स्कुल भ्याउँदा पनि माया नपाएको उनले बताइन्। उनका अनुसार आफूहरुको विवाह गर्ने उमेर नै भएको छैन्, तर सँगै विद्यालय जाने आउने गरेकै कारण बुवाले घर निकाला गरि दिए। 'घरमा आफूसहित चार छोरी मात्र भएकाले मलाई जबरजस्ती अर्काको टाँसो लगाइ दिनु भएको हो।' उनले थपिन, 'आफूलाई जन्मदिने बुवाआमाले छोरीमाथि विश्वासै नगरी इच्छाविपरित अर्काको घरमा छाडेर जान्छन् भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ।' करिब दुई महिनादेखि विस्थापित किशोरीको पढाइ छुटेको छ भने परिवारका साथ बस्न पाउने मौलिक हकबाट समेत बञ्चित भएकी छन्। मानसिकरुपले विक्षिप्त बन्दै गएकी किशोरीलाई जबरजस्ती बालिकाकाका बुवाआमाले अर्काको घरमा छोडिदिएपछि बालिका घरको न घाटको भएकी छन्। विवाह गर्न दबाब दिँदै किशोरीलाई घरमा छाडेर हिंडेपछि आफ्नो छोरा समेत घर छाडेर वेपत्ता भएको किशोरको आमाले बताइन्।आवश्यक कारबाहीका लागि बालिका र किशोरकी आमाले भदौ १ गते नै इलाका प्रहरी कार्यालय र खडग नगरपालिकाको न्यायिक समितिमा छुटाछुट्टै निवेदन समेत दिएका छन्। नाबालकको हैसियतले परिवारको साथमा बस्न पाउने, पढन ,लेख्न पाउने नैसर्गिक र मौलिक अधिकार खोसिएको भन्दै बालिका स्वयंले घरपरिवारका साथमा बसेर पालनपोषण, शिक्षा दिक्षा पाउँ भनी निवेदन दिएकी छन्। निवेदनमाथि छलफल भएपनि सम्बन्धित निकायले आवश्यक पहल नगरिदिँदा किशोरी घर फर्किन पाएकी छैनन्। आफ्नो भविष्य बारे सोच्न नसकेकी बालिकाले आफ्नै बुवाआमा बैरी बनेकोमा दु:ख व्यक्त गरिन्। प्रहरी र न्यायिक समिति एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै कुनै निर्णय नगर्दा बालिकाको जीवन संकटमा परेको स्थानीय जयप्रकाश चौधरीले बताए । इलाका प्रहरी कार्यालय र न्यायिक समिति लामो समयसम्म निर्णयबिहीन भएपछि स्थानीय समाजसेवी र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीसहित राजविराज आएकी किशोरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्र विष्ट र डिएसपी भावेश रिमालसँग भेटेर न्यायका लागि गुहार मागेकी छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments