Incident Reports

बोक्सी आरोपमा कुटपिट

2018-10-13

Madhes, Saptari, Tilathi Koiladi, Ward 8

तिलाठी कोइलाडी गाउँपालिका वडा न. ८ तोपाकी एक महिलामाथि स्थानीयहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् । स्थानीय नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको भन्दै रिसका कारण तोपाकी ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका हुन् । नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताउनुभयो । उहाँको श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा हुनुहुन्छ । पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोपमा कुटपिट गर्दै आएको बताउनुभयो । कुटपिटबाट घाइते खङ्गको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भैरहेको घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments