Incident Reports

गोली लागेर कार्कीको मृत्यु, अभियुक्त पक्राउ

2018-10-21

Karnali, Humla, Sarkegad, Ward 2

बाँदर भगाउन पड्काएको भरूवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगार्ड गाँउपालिका–२ रीप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको हो । सोही ठाउँ बस्ने ४० वर्षीय रंगमल महतराले आफ्नो स्याउ फारममा आएका बाँदर भगाउन पड्काएको भरूवा बन्दुकको गोली सोही ठाउँस्थित गोठालो गएका सुरेन्द्रलाई लागेर गम्भीर घाइते भएकाले उपचारको लागि स्वास्थ्य चौकी रीपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । महतरालाई उक्त भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments