Incident Reports

बाख्रा चराउन गएकी १४ वर्षीया बालिकामाथि बलात्कार प्रयाश

2018-10-19

Sudurpashchim, Achham, Kamalbazar, Ward 7

अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन । पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको हो । गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भयो । बालिका भागिर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो । लगत्त, अछाम प्रहरीले थालेको अनुसन्धानको क्रममा अर्को घटना पनि जोडिएको थियो । पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको थिए । ‘कसैलाई भनेमा मारिदिने धम्की दिएको करणी भएको देखिएको छ’, प्रहरी स्रोत भन्छ । घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments