Incident Reports

तलव नपाएका शिक्षक कर्मचारीद्वारा कटहरिया न.पा.मा तालाबन्दी

2018-10-09

Madhes, Rautahat, Katahariya

कटहरिया नगरभित्र शिक्षक शिक्षिकाहरुले चौमासिक तवलको निकासाको माग गर्दै नगरपालिकाको कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन् । गत १८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा समन्वय समिती र नगरपालीकाको कार्यालय कटहरियामा ज्ञापनपत्र बुझाउँदा पनि समस्या समाधान नभएको भन्दै शिक्षकहरुले तालाबन्दी गरेको कटहरीया मावीका एक शिक्षक योगेन्द्र कुशवाहाले जानकारी दिएका छन्।नगरक्षेत्रमा रहेका २४ वटा विद्यालयका एकसय ५० जना शिक्षक शिक्षिका विद्यालय कर्मचारीले तालाबन्दी गरेका हुन् ।उनीहरुले पाउने करिव एककरोड ५० लाख रुपैयाँ तलव वापतको बक्यौता रकम रहेको कटहरीया नपा १ मा रहेको मावी भसेढ़वाका प्रधानाद्यापक राम मंगल यादवले बताएका छन् ।नगरपालिकाको दोस्रो नगरसभा हुन नसकेको र अन्तरिक लेखा परिक्षण समेत हुन नसकेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयले शिक्षक तथा कर्मचारीको तलव निकासा हुन नसकेको नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments