Incident Reports

१६ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा भारतीय युवक पक्राउ

2018-10-21

Madhes, Siraha, Bariyarpatti

सिरहाको बडियारपट्टि गाउँपालिका ३ इन्द्रचोक मेलामा भएको सांस्कृतिक कार्यक्रम हेर्न गएकी स्थानीय एक किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । गाउँमै भएको मेला हेर्न गएकी १६ वर्षीय किशोरीलाई गएराती (आइतबार) राती वलात्कार गरेको अभियोगमा प्रहरीले भारत, विहार, मधुनी, गाम पञ्चायत भरचौरा वार्ड नं. ११ का २६ वर्षीय मुकेश सहनीलाई नियन्त्रणमा लिएको हो । गएराती गाउँमै भएको मेला हेर्न गएकी युवतीमाथि मुकेशले जबरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सहनीसँगै मेला हेर्न आएका अन्य तीनजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको भएपनि किशोरीले एकजनाले मात्र करणी गरेको किटानी जाहेरी दिएपछि सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments