Incident Reports

सप्तरीमा पुनः किशोरी बलात्कृत, युवक पक्राउ

2018-10-21

सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् । खड्ग नगरपालिका ९ लालपट्टी बस्ने किशोरीलाई सोही ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् । १५ बर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५ बर्षका दीलिपकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति किशोरीसँग बलजफ्ती गरेका साहलाई सोमबार बिहान पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यसअघि २६ असोजमा १६ बर्षकी एक किशोरीसँग बलजफ्ती यौन सम्पर्क गर्ने एक युवक पक्राउ परिसकेका छन् । डाक्नेश्वरी नगरपालिका २ बस्ने किशोरीलाई मुखमा रुमालले बाँधी बलात्कार गर्ने सोही ठाउँका २२ बर्षका ओमप्रकाश साहलाई पक्राउ गरिएको थियो । रातिको समयमा पिसाब फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर काँधमा बोकी आफू सुत्ने कोठामा लगेर करणी गरेका थिए । यसअघि असोजको दोस्रो साता डाक्नेश्वरी नगरपालिकामै बालिकाको र खड्ग नगरपालिकामा ७१ बर्षकी बृद्वासँग बलात्कार भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website , Local Newspaper - Parsa

0 Comments