Incident Reports

मेलामा झडप हुँदा २ घाइते

2018-10-23

Province 1, Sunsari, Dharan

विभिन्न दल र सुरक्षा निकायको असहमति हुँदाहुँदै धरान नगर कार्यपालिकाले स्वीकृति दिएको रमाइलो मेलाको बिषयले मंगलबार धरान तनावग्रस्त बन्यो। विकृति, विसंगति बढाउने भन्दै मेलाको विरोध गरिरहेको विभिन्न दल एवं ती दल सम्बद्ध युवाहरुले विरोध प्रर्दशनसँगै प्रवेश गेट तोडफोड गर्न थालेपछि प्रहरीसँगको झडपमा २ जना घाइते भएका हुन्। भिड उग्र भएर पब्लिक हाइस्कुलको मैदानभित्र सञ्चालनमा रहेको मेला तोडफोड गर्न जाने क्रममा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो। इलाका प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाका अनुसार ५ राउण्ड अश्रु ग्याँस प्रहार भएको थियो। ‘भिडलाई तितरबितर पार्न ५ राउण्ड प्रहार गर्नुपर्यो, स्थिति सामान्य भइसकेको छ,’डिएसपी तिम्सिनाले भने। झडप लगत्तै जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मेला बन्द गर्न निर्देशन दिएका छन्। मेलाले धरान अशान्त बनाएपछि गृहमन्त्रालयबाट नै निर्देशन आएपछि उनले पनि बन्द गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रालयबाटै पनि मेला बन्द गर्न निर्देशन आएको छ, त्यसैले बन्द गर्न प्रहरीलाई निर्देशन दिइसकेको छुँ,’प्रजिअ उप्रेतीले भने,‘हामीले सुरक्षा प्रबन्ध गर्न सकिदैन भन्दा भन्दै पनि स्थानीय सरकारको अधिकार भन्दै लगाइयो, अब मेला लाग्दैन।’ हतियारसहित मेला पक्षका युवाहरु भएको भन्ने सूचनाको आधारमा अनुसन्धान, खोजतलास पनि भइरहेको उनले बताए। नगर कार्यपालिकाले गठन गरेको मेला अनुगमन समितिका संयोजक एवं वडा १५ का अध्यक्ष नरेश इवारमले मेला र घटनाको बिषयमा सल्लाह गरेर निर्णय गरिने बताए। दिउँसो प्रहरीले विरोधी पक्षका युवाहरुलाई मैदानभित्र प्रवेश गर्न रोकेको थियो। मैदानमा मेला पक्षधर युवाहरु पनि तयारी अवस्थामा थिए। यद्यपी, मेला पक्षका युवाहरुले छुरा प्रहार गर्दा विरोधीका एक युवा सामान्य घाइते भएका छन् । छुरा प्रहारबाट मेला विरोधी पक्षका समक्ष श्रेष्ठ घाइते छन् भने टाउकोमा ढुंगा लागेर मेला पक्षका कालुराज लिम्बु घाइते छन्। दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments